काठमाडौँ — आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा मद्यपान गरेर सवारी चलाउँदा देशभर २५० वटा दुर्घटना भएका छन्। सरकारी सुरक्षा निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार ती दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने ३७५ जना घाइते भएका छन्।

प्रदेशगत विवरणमा लुम्बिनी सबैभन्दा जोखिमपूर्ण रह्यो। सो प्रदेशमा मात्रै १०३ दुर्घटना हुँदा ७ को मृत्यु र १६३ जना घाइते भएका छन्। उपत्यकामा ५७ दुर्घटना, १ मृत्यु र ७४ घाइते भेटिएका छन्।
कोशीमा ४१ दुर्घटना, १ मृत्यु र ६१ घाइते, मधेशमा २० दुर्घटना, १ मृत्यु र २८ घाइते भएका छन्।

बागमतीमा १२ दुर्घटना, १ मृत्यु र २२ घाइते देखिएका छन् भने गण्डकी, कर्णाली र सुदूरपश्चिममा क्रमशः ८, ६ र ७ दुर्घटना भएका छन्। यिनमा ज्यान जाने घटना भने देखिएन।

सुरक्षा निकायले मद्यपान गरेर सवारी चलाउने प्रवृत्तिले सडक सुरक्षा चुनौती बढाएको जनाएको छ। यातायात नियम कडाइ, निगरानी सुदृढीकरण र जनचेतनामार्फत दुर्घटना नियन्त्रण गर्न सकिने बताइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय दंगालले मंगलवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर