काठमाडौँ — उज्यालो नेपाल पार्टीसहित तीन दल एकीकरणको गृहकार्य तीव्र बनेको छ। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल बीच मर्जमार्फत एउटै चुनाव चिह्नबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने लक्ष्यसहित छलफल जारी छ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार एकताका प्राविधिक पक्ष मिलाउने अन्तिम प्रक्रियामा दलहरू जुटेका छन्। “हामी एकताको नजिक छौँ। मंगलबार कुलमान घिसिङसहितको बैठकमा पनि मर्जबारे विस्तृत छलफल भएको छ,” चौधरीले भने।

उनका अनुसार केही औपचारिकता पूरा भएपछि एकता घोषणा चाँडै सार्वजनिक गरिनेछ। नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता चौधरीले गरिरहेकी छन् भने हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार हुन्।

नयाँ राजनीतिक समीकरणले आगामी चुनावी गणितमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर