काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई आज सरुवा गरिएको हो ।
निर्णयअनुसार विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर पठाइएको छ ।
यस्तै, दिलीपसिंह देउवाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र दीपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।