सप्तरी, ७ मंसिर । जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध रूपमा लुकाइछिपाई राखिएको ठूलो परिमाणको रासायनिक मल डिएपी बरामद गरेको छ।
सोमबार दिउँसो जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९, इनरुवा चोकस्थित पुरानो बसपार्क नजिकैबाट अवैध मल फेला परेको हो।

प्रारम्भिक सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गोदाममा छापामारी करिब ५० किलोका १ सय १३ बोरा डिएपी मल बरामद गरेको प्रहरीको भनाइ छ। बरामद गरिएको मल हाल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार सो मल कानुनी कागजातबिना भण्डारण गरिएको अवस्थामा भेटिएको हो। घटनाबारे थप छानबिन भइरहेको र सम्बन्धित व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर