जनता समाजवादी पार्टी (जसपा) का महासचिव इस्तियाक राईले पार्टी विभाजन नभएर केही नेताहरू बाहिरिएका बताएका छन् ।

जसपा फुटेको सूचनापछि उनले पार्टी छाड्छु भन्ने नेताहरूलाई रोक्न नमिल्ने बताए ।

संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेतका साथै ३ जना विभागीय प्रमुखहरू केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु मात्र पार्टीबाट अलग भएका उनले बताए ।

आफ्नो पार्टी संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध हुनसक्ने भए पनि अन्य कुनै पार्टीसँग एकता भने नहुने उनले बताए ।

‘एकल चुनाव चिन्ह नै रहने हो, सहकार्य हुन सक्छ, चुनावी तालमेल हुनसक्छ तर अन्य कुनै पार्टीसँग एकता भने हुनसक्दैन,’ उनले भने ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर