काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी त्यागेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय गरेका छन्।

श्रेष्ठले आफ्नो वैचारिक धार, देशको वर्तमान राजनीतिक आवश्यकता र बाम ध्रुवीकरणको प्रक्रियालाई मजबुत बनाउनु पर्ने कारण देखाउँदै नेकपामा समाहित हुन लागेको स्पष्ट गरेका छन्। उनका अनुसार यो “वैचारिक ध्रुवीकरणतर्फको प्राकृतिक कदम” हो।

यससँगै उनले अशोक राईसँगको करिब ४० वर्ष लामो सहकार्य समाप्त भएको घोषणा गर्दै अब “नयाँ राजनीतिक यात्रामा अघि बढ्ने” बताए।

जसपाभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक मतभेद, वैचारिक असमझदारी र संगठनात्मक असन्तोषपछि उनीहरू वैकल्पिक दिशातर्फ लागेको बुझिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर