राजविराज,७ मंसिर । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबर्जस्तीकरणी मुद्दामा सजाय भोग्दै आएका कामेश्वर मण्डललाई पक्राउ गरी पुनः कारागारमा बुझाइएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बोदेवसाइनबाट खटिएको प्रहरी टोलीले मंसिर ६ गते फरार मण्डललाई खोजतलासका क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बोदेवसाइन नगरपालिका–१, महनौरी टोलका मण्डल जबर्जस्तीकरणी मुद्दामा अदालतबाट दोषी ठहर भई सात वर्ष कैद र तीन लाख रूपैया सहितको जरिवाना भुक्तान गर्नुपर्ने अभियुक्त हुन्।
उनलाई खोजी गर्ने क्रममा पक्राउ गरी राजविराजस्थित कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरीलले जानकारी दिनुभयो ।







