काठमाडौँ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई सरुवा गरेको छ। स्थानीय जेनजीले तामाङलाई सरुवा गर्न माग गरिरहेका बेला एसपी तामाङलाई सरुवा गरिएको हो।

बारामा एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ। कुँवर यसअघि मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा कार्यरत थिए।

बारामा बुधबार जेनजी युवामाथि एमाले कार्यकर्ताले हातपात गरेका थिए। त्यसक्रममा प्रहरीले पनि बल प्रयोग गरेको भन्दै असन्तुष्टि जनाइरहेका थिए। प्रहरी र जेनजीबिच पनि विवाद देखिएपछि प्रहरी प्रधान कार्यालयले नयाँ एसपी खटाउने निर्णय लिएको हो।

शुक्रबार जेनजी र स्थानीय प्रशासनबीच भएको वार्तामा मौखिक सहमती पनि भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजाललाई पनि सरुवा गरिएको छ। रिजाललाई मधेस प्रदेशमा सरुवा गरेर धादिङमा सुमित खड्कालाई खटाउने निर्णय भएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर