नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अभिनारायण काफ्लेलाई सम्मान गर्दै कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ।

इनरुवा, सुनसरी — नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अभिनारायण काफ्ले तथा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन डा.कोमलप्रसाद दुलाललाई कोशी गाउँपालिकाले विशेष कार्यक्रम मार्फत सम्मान गरेको छ।

इनरुवा–१ स्थायी घर भएका डीआईजी काफ्ले र इनरुवा–३ निवासी डा. दुलालले राज्य सेवा तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै जिल्लाको गौरव उचो पारेको उल्लेख गर्दै कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन्।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन डा. कोमलप्रसाद दुलाललाई सम्मान गर्दै कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष अन्सारीले दुबै व्यक्तित्वले आफ्नो–आफ्नो क्षेत्रमार्फत देश, समाज र समुदायको प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका खेलेको बताए।
उनले स्थानीय सरकारले प्रतिभा, सेवा र समर्पणलाई हौसला दिन निरन्तर यस्ता कार्यक्रम अघि बढाइने पनि बताए।

सम्मान ग्रहण गर्दै डीआईजी काफ्लेले समुदायको विश्वास र संस्थागत जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी डा. दुलालले शैक्षिक नवप्रवर्तन र गुणस्तर सुधारका काममा अझ सक्रिय भई अघि बढ्ने बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षाविद्हरूसहितको उपस्थिति थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर