काठमाडौँ — मधेश प्रदेशका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री नियुक्ति खारेजको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले संयुक्त इजलासमा पठाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासमा उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदै अदालतले यो संवेदनशील प्रकृतिको मुद्दा भएको ठहर गर्दै संयुक्त इजलासमा सुनुवाइ गर्नुपर्ने आदेश दिएको हो।

अब मुद्दा आइतबार (कार्तिक ३० गते) बस्ने संयुक्त इजलासमा पेश हुने भएको छ। त्यससँगै अन्तिम फैसला पनि यही दिन हुने तय भएको छ।






