जनकपुरधाम — छठ पर्वका अवसरमा मधेस प्रदेशभर विशेष सुरक्षा योजना लागू गरिएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार सम्भावित दुर्घटना, झैझगडा र अव्यवस्था रोक्न प्रदेशका आठै जिल्लामा सात हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी थपलियाले भने, “छठ पर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, भिडभाडमा अव्यवस्था सिर्जना गर्ने वा धार्मिक स्थलमा हुलदङ्गा गर्ने गतिविधिलाई रोक्न विशेष योजना लागू गरिएको छ ।”

उनका अनुसार सुरक्षा व्यवस्थापनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र नागरिक पोसाकका सुरक्षाकर्मी समेत खटाइएका छन् । घाट, तालाब, नदी किनार, बजार क्षेत्र र राजमार्गहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको डिआइजी थपलियाले बताए ।

“छठ आस्थासँग जोडिएको धार्मिक र सांस्कृतिक पर्व हो,” थपलियाले भने, “सुरक्षाका सबै संयन्त्र जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न खटिनेछन् ।”

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने व्यक्तिमाथि कडा कारबाही गरिनेछ । भिडभाड हुने स्थलहरूमा सिसी क्यामेरा निगरानी, अस्थायी चौकी र मोबाइल गस्ती टोली सक्रिय रहने जनाइएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर