काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ दुर्व्यवहार भएको छ । सातदोबाटोबाट निवास फर्कने क्रममा उनीमाथि दुर्व्यवहार भएको प्रहरीले जनाएको छ ।

महानिर्देशक अधिकारीले आफूमाथि दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी दिएका छन् । परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।

“उजुरी परेको छ, अनुसन्धानका लागि टोली खटाइएको छ,” एसएसपी बोगटीले भने, “दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान प्रक्रिया भइरहेको छ ।”

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर