काठमाडौं, ३ कात्तिक – गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको स्पष्ट पारेका छन्। सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले, ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गरेका छन् र अब पहिलेजस्तो अवस्था नहुने बताए।
सञ्चारकर्मीले सोधे, ‘ओलीलाई बाहिर जान रोकिएको र चुनौती दिएको कुरा कस्तो हो?’
अर्यालले जवाफ दिए, “सरकारले होइन, आयोगले निर्णय गरेको हो। आयोगलाई भन्नुपर्छ नि, सरकारले होइन।”

अर्को प्रश्नमा, ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको बारेमा, उनले भने, “उहाँले भनिरहनुभएको छ, ‘म कानुन मान्दिनँ।’”
गृहमन्त्री अर्यालले थपे, “केपी ओली मात्र कानुनभन्दा माथि बस्ने? पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन।”






