काठमाडौं, ३ कात्तिक – निर्वाचन आयोगमा हाल १७ नयाँ दल दर्ताको प्रक्रियामा छन्। जेनजी आन्दोलनअघि १० दलले निवेदन दिएका थिए भने आन्दोलनपछिका सात दलले थप निवेदन दिएका हुन्।

हाल दर्ता भएका दलको संख्या १२४ रहेको आयोगले जनाएको छ। यदि सबै नयाँ दल दर्ता भएमा संख्या अझ बढ्नेछ।

यसबीच दुई पार्टी फुटेर नयाँ दल दर्ता भएका छन्। जनमत पार्टी फुटेर जनस्वराज पार्टी, र नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ।

निर्वाचन आयोगले केही दलको विधान स्पष्ट नभएको, सदस्य संख्या अपुग रहेको, वा चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने विषयमा निर्देशन दिएको छ। उदाहरणका लागि, राष्ट्रिय जेनजी पार्टी नेपालले प्रस्ताव गरेको ‘क्रस खुकुरी’ चिन्ह परिवर्तन गर्न भनिएको छ।

नयाँ दलमध्ये नेपाल लिबरल पार्टी (अध्यक्ष: गोपीलाल न्यौपाने, चुनाव चिन्ह: सिक्का), श्रम संस्कृति पार्टी (अध्यक्ष: हर्क साम्पाङ) र गतिशील लोकतान्त्रिक पार्टी (अध्यक्ष: दिनेश प्रसाईं) दर्ताको प्रक्रियामा छन्।

आयोगले सबै दलको विवरण भर्ने र अध्ययन गर्ने काम जारी राखेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर