काठमाडौँ, २७ असोज । पर्यटन व्यवसायी एवम् समाजसेवी भविश्वर शर्माले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्सी सहयोग गर्नुभएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतका सरकारी कार्यालयहरु जलेर पूर्ण रुपमा क्षति भएको थियो । क्षतिपछि उक्त कार्यालय सञ्चालन गर्न फर्निचरलगायतका अत्यावश्यक सामाग्रीको अभाव भएपछि पर्यटन व्यवसायी शर्माले आइतबार साँझ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेललाई २५ थान कुर्सी हस्तान्तरण गर्नुभयो ।

आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्ले भवनबाट शान्ति सुरक्षालगायतका सेवा प्रदान गर्न सकेको थिएन । यस्तो विषम परिस्थितीमा ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी शर्माले उक्त कुर्सी सहयोग गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा पर्यटन व्यवसायी शर्माले देशलाई परेको समस्यामा थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यले आफ्नो पहलकदमीमा अन्य पर्यटन व्यवसायी सहितको सहयोगमा कुर्सी हस्तान्तरण गर्दै सहयोग गने साथीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

हाल बबरमलमै रहेको खाद्य तथा गुण नियन्त्रक विभागको भवनबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्ति सुरक्षालगायत नागरिकसँग जोडिने दैनिक सेवा प्रदान गर्न सुरु गरेको छ ।

यसअघि शर्माकै पहलमा भूकम्पको समयमा ठमेलको ढुंगेधारा पुर्ननिर्माण, कोरोनाको समयमा पर्यटन व्यवसायी तथा कर्मचारीलाई माक्स, सेनिटाइजर, कोरोनाको भ्याक्सिनलगायत उपलब्ध गराउनुभएको थियो ।

ठमेल पर्यटन व्यवसायी परिषद्को निवर्तमान अध्यक्ष शर्माकै पहलमा ठमेल क्षेत्रभित्र सिसि क्यामरा जडान, तार व्यवस्थापन, ठमेल गुरुयोजनालगायतका सकारात्मक काम भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर