काठमाडौं — टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
आइतबार साँझ ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १३९ रनमै समेटियो। एक समय १० ओभरमा १ विकेट गुमाएर ७५ रन बनाएको यूएई अन्त्यसम्म पुग्दा मात्र ९ विकेटको क्षतिमा १३९ रनमा रोकिएको हो।

अन्तिम ओभरमा जितका लागि आवश्यक १० रन बनाउन नसक्दा यूएई १ रनले पराजित भयो। नेपालका लागि सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। ओपनर आशिफ शेखले सर्वाधिक ५१ रनको अधशतकीय पारी खेले। कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन जोडे।
नेपालले आफ्नो पारीमा जम्मा चार छक्का र नौ चौका प्रहार गरेको थियो।






