दमक, झापा । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ इलाका प्रहरी कार्यालय दमकमा आइतबार पुगेर कार्यालयको अनुगमन गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।

आईजीपी खापुङले इलाका प्रहरी कार्यालय दमकको भौतिक पूर्वाधार, सेवा प्रवाह, र जनशक्तिको व्यवस्थापनबारे स्थलगत निरीक्षण गर्दै सेवा प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। उहाँले कार्यालयमा कार्यरत प्रहरी जवानहरूसँग भेटघाट गर्दै जनमैत्री र उत्तरदायी policing लाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

साथै, अनुगमन पश्चात आईजीपी खापुङले स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूसँग समसामयिक सुरक्षा अवस्थाबारे अन्तरक्रिया गर्नुभयो।
उहाँले जनसुरक्षा कायम गर्न प्रहरी–सामुदायिक समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै, स्थानीय तहसँगको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रकारको उच्चस्तरीय निरीक्षणले स्थानीय स्तरमा प्रहरी सेवा सुधारमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर