भैरहवा । भैरहवा विमानस्थलमा दुई दिनदेखि अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायु सेवा निगमको ठूलो जहाज पठाइने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले ठूला जहाज पठाउन लागेको हो।

मौसमका कारण हिजो दिनभर आन्तरिक उडान अवरुद्ध भएका थिए।

टिकट काटिसकेर पनि काठमाडौँ आउन नसकेका यात्रुहरूलाई उद्धार गर्न प्रधानमन्त्री कार्कीले मुख्य सचिव एकनारायण अर्याललाई निर्देशन दिएकी थिइन्। मुख्य सचिव अर्यालले निगमसँग समन्वय गरी उडानको तालिका बनाउन लगाएका छन्।

‘सबै यात्रुको उद्धार हुने गरी व्यवस्थापन मिलाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने, ‘आज साँझ एउटा उडान हुन्छ। भोलि बिहान अर्को उडान हुन्छ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले धेरै जना यात्रु रहेकाले जसरी भए पनि चार्टर्ड उडानको लागि पहल भइरहेको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘१८० सिटे (ए३२०) न्यारोबडी जहाजबाट चार्टर्ड उडान गर्ने तयारी भइरहेको छ। समय निश्चित भइसकेको छैन। हामीले यात्रुलाई गाह्रो परिसकेकाले एउटा उडान आजै गरौँ भनेको छु।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर