झापा, असोज १९ – अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण झापामा एक हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्।

शनिबार रातिदेखि परेको लगातारको वर्षापछि झापा गाउँपालिकाका १, २ र ७ नम्बर वडामा मात्रै एक हजार एक सयभन्दा बढी परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

‘जिल्लाभर १५ सय परिवार विस्थापित भएका छन्,’ उनले अनलाइनखबरसँग भने, ‘अझै केही परिवारको उद्धार भइरहेको छ। सेना र प्रहरीको सहकार्यमा उद्धार कार्य तीव्र पारिएको छ।’

उनका अनुसार माइखोला बस्तीमा बाढी पसेपछि ठूलो क्षति भएको छ। ढकालले पछिल्लो ३० वर्षमा झापामा यति ठूलो विपद् नदेखेको पनि बताए।

बाढीका कारण झापा गाउँपालिकासहित गौरीगञ्ज, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।

कतिपय स्थानमा पानी घरभित्र पस्दा स्थानीय छतमा गएर बसेका छन्। आइतबार दिउँसो पनि झापामा वर्षा जारी छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर