सिराहा । निरन्तरको वर्षाले सिराहा जिल्लाका विभिन्न स्थान प्रभावित भएका छन् । हुलाकी सडक अन्तर्गत सहजा खोलामा बाढी पसेपछि सवारीसाधनहरूलाई औरही र बरियारपटी चौकबाट डाइभर्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अन्नतराम शर्माका अनुसार हालसम्म वर्षाका कारण ठूलो जनधनको क्षति भने भएको छैन । ‘सावधानीका उपायहरू अपनाइएकाले जोखिम घटाउन सहयोग भएको छ,’ उनले भने ।

बाढीले असर पारेका क्षेत्रमा प्रहरी टोली थरिथरि स्थानमा परिचालन गरिएको छ । त्यस्तै, कमला नदी किनारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले अनुगमन र निरीक्षण गरेको छ । कटान भएका स्थानहरूमा बोरा र बालुवाको सहायताले अस्थायी बाँध निर्माण गरी नदी नियन्त्रणको प्रयास जारी छ ।

एसपी शर्माले सम्पूर्ण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर