वीरगञ्ज । अविरल वर्षासँगै वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ। शनिबारदेखि परेको भारी वर्षाको कारण महानगरको अधिकांश वडामा डुबान भएको हो।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको बताए। ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको हो। डुबानकै कारणले अहिलेसम्म वीरगञ्जमा मानवीय क्षति भएको छैन।

महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही ठाउँ डुबानमा परेका छन्।

स्थानीय सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको छ। वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यत्र सार्ने काम भइरहेको छ।

पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालिएको जानकारी दिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर