सर्लाही, असोज १५ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका- १, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा माटोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका- ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षका डिल्लु मन्सुर र ९ वर्षकी नर्गिस खातुन रहेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, बुधबार बिहान करिब ७ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरूको माटोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

दशैंका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खसेको हो ।

घटनाबारे प्रहरीलाई बिहान ९ बजेतिर सूचना आएपछि हरिपुर्वा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले घाइतेहरुलाई उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल मलंगवा पठाइएको तर चिकित्सकले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अहिले मृतकहरुको शव अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर