काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले आफूले स्थापना गरेको पार्टी छाडेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नयाँ पार्टी गठनको घोषणा गर्दै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामाकरण गरेका छन्।
टीकापुर घटनापछि भूमिगत जीवन बिताउँदै भारी मतसहित सांसद चुनिएका चौधरीले पछि नाउपाको संरक्षक बनेर राजनीतिक यात्रा अघि बढाएका थिए। तर पछिल्लो समय पार्टीभित्र अध्यक्ष समेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठसँग विवाद बढ्दै गएको थियो।

चौधरी र श्रेष्ठ अलग–अलग समूहमा देखिँदै आएका कारण पार्टीमा तनाव चुलिँदै गएको थियो। अन्ततः चौधरीले आफूले सुरु गरेको पार्टीमै अटाउन नसकेकाले नयाँ बाटो रोजेको बताएका छन्।
‘अफैंले स्थापना गरेको पार्टीभित्रै स्थान नपाएपछि नयाँ विकल्प रोज्न बाध्य भएको हुँ,’ उनले भने।






