सप्तरीको राजविराजस्थित सप्तरी कारागारबाट १ सय ५ कैदीबन्दी भागेका छन्। सुरक्षाकर्मीले २७ जनालाई फिर्ता ल्याएका छन्।
सुरक्षाकर्मीले समातेर ३१ जनालाई फिर्ता ल्याएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टुवराज पोखरेलले जानकारी दिए। तर तीमध्ये ४ जना झुम्का कारागार, सुनसरीबाट भागेका कैदीबन्दी हुन्।

सप्तरी कारागारमा ३ सय ९५ जना कैदीबन्दी राखिएका थिए।
दिउँसो थुनुवाहरूले कारागारभित्र आगजनी गरेका थिए। सुरक्षाकर्मीहरू आगो निभाउन लागेको मौका छोपेर उनीहरू भागेका थिए।
‘भागेका कैदीबन्दी मध्ये केहीलाई नियन्त्रणमा लिन सफल भएका छौं। बाँकीको खोजी गरिरहेका छौं,’ सिडिओ पोखरेलले भने।






