ठूलो संख्यामा रहेका प्रदर्शनकारी रोक्न प्रहरीले सकिरहेको छैन।
मन्त्री निवासमै आगो लगाइएपछि मन्त्री र तिनका परिवारलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ओसारिँदै छ।

सुरक्षा निकायका मुख्यालयहरूले उद्धार कार्यको समन्वय गरिरहेको उपत्यका प्रहरीका एक अधिकारीले जानकारी दिए।






