राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको बल प्रयोगबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन माग गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको रास्वपाको टिप्पणी छ । रास्वपाले गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ
वर्तमान सरकारको औचित्य पूर्णतः: समाप्त भइसकेको रास्वपाको टिप्पणी छ । रास्वपाले अर्लि इलेक्सनको माग समेत गरेको छ ।








