रुपन्देहीको भैरहवासहितका शहरमा प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि जेन-जी पुस्ताको आन्दोलन रोकिएको छैन ।
उनीहरूले अहिले पनि विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले नेपाली कांग्रेस रुपन्देहीको भैरहवास्थित पार्टी कार्यालय तोडफोड गरेका छन् ।

सो क्रममा पार्टी कार्यालय परिसरमा रहेका चार वटा कार, केही मोटरसाइकल र स्कुटर समेत तोडफोड गरेको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।
प्रदर्शनकारीहरूले पार्टी कार्यालयका सम्पूर्ण झ्यालका सिसा फोडिदिएका छन् । प्रदर्शनकारीहरूले यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घर पनि तोडफोड गरेका थिए ।






