काठमाडौ ।नेपाली महिला राष्ट्रिय फूटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई भन्डारी सेवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
फूटबल खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको भन्दै समाजले सम्मानीत गरेको हो । उन्लाई नौमती पञ्चेबाजाले स्वागत गर्दे दोसल्ला र नगदसहित भण्डारी राष्ट्रिय गौरवबाट सम्मानीत गरीएको हो । उन्लाई भण्डारी सेवा समाजले आजिवन सदस्यतासमेत प्रदान गरेको थियो ।
सम्मान कार्यक्रमपछि बोल्दै कप्तान साम्बा भण्डारीले खेलको माध्यमबाट पनि आफ्नो मूलुकलाई विश्वसामु चिनाउन सकीने भन्दै दुरदराजबाट आएर यो स्थानसम्म पुग्नु आफ्नो एक्लो मात्र नभई सबै नेपालीको सफलता भएको बताउनुभयो ।

आफूले मोजाको भकुण्डो बनाएर फूटबल सिकेको भन्दै रुची र मेहनत गरे छोरी मान्छेले पनि जुनसुकै काम गर्न सकीने बताउनुभयो । उहाँले आगामी दिनमा भण्डारी सेवा समाजसंग मिलेर अगाडी बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीले इतिहाँसमा पनि भण्डारीहरुको भूमिका महत्वपुर्ण रहेको भन्दै देश विदेशसम्म भण्डारीको मात्र नभई साम्बाले देशकै इज्जत राखेको भन्दै प्रशंसा गर्नुभयो ।
भण्डारी सेवा समाज नेपालका प्रमुख संरक्षक जीवन भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा साम्बाले नेपालको नाम राखेको भन्दै नेपालको र्रांष्ट्रिय झण्डा ओढाएर सम्मानीत गर्नुभयो । लम्जुङको बाँसबारीमा जन्मिएकी साम्बाले युरोपका प्रतिष्ठित क्लबहरुको टिममा खेल्नु भएको छ भने उहाँ नेपाली फूटबलमा युवाहरुको प्रेरणाको स्रोतसमेत बन्नु भएको छ ।






