सप्तरी । आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक बिनोद कुमार साफीलाई नेफ्स्कूनले उत्कृष्ट व्यवस्थापकको पुरस्कारबाट पुरस्कृत गरेको छ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा साफीलाई मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा गरी पुरस्कृत गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साफीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

साफीसँग सहकारी क्षेत्रमा काम गरेको १८ वर्ष लामो अनुभव छ । साफीले १७ हजार ६ सय ८६ सदस्य रहेको आईडियल साकोसको व्यवस्थापकीय बागडोर सम्हालिरहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ५० करोड रहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर