सर्लाही, साउन २१ गते । जिल्लाको विष्णु गाउँपालिका- ८, बत्रौल निवासी जुगेश्वर यादवका ११ वर्षीय छोरा अमन राय यादव सोमबार बिहानदेखि बेपत्ता भएका छन् ।

परिवारका अनुसार बालक अमन साउन १९ गते बिहान करिब ६ बजे घरबाटै हराएका हुन् । भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् । खोजी गर्दा पनि पत्ता नलागेपछि परिवारले खोजी कार्यमा सहयोग गर्न सम्पुर्णमा अपिल गरेका छन् ।

यदि कसैले अमनलाई फेला पार्नु भएमा नजिकको प्रहरी चौकी वा निजको बुबा जुगेश्वर यादवको मोबाइल नम्बर ९८६३५६८३७९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ । परिवारले बालकलाई फेला पार्न सहयोग गर्ने व्यक्तिलाई उचित सम्मान र धन्यवाद प्रकट गर्ने पनि जनाएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर