काठमाडौं। एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको तेह्रौ साधारणसभा तथा सातौँ अधिबेशन सम्पन्न भएको छ।
सघका अध्यक्ष सरोज आलेको सभापतित्व र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा गौशला स्थित पिङ्गलास्थानमा रहेको होटल कृष्टल पशुपतिमा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो।

आगामी कार्यकालको लागि सरोज आले अध्यक्षमा सर्व सम्मत निर्वाचित हुनु भएको छ । अधिवेशनले आलेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

यसअघि पनि संघको अध्यक्ष रहेका आले दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।अधिवेशनले आलेको नृतृत्वमा चयन गरेको नयाँ कार्य समितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष सरमान लिम्बु, द्वितीय उपाध्यक्ष तिलक प्रसाद चापागाइ, तृतीय उपाध्यक्ष प्रज्वल श्रेष्ठ, महासचिव अनिश बानियाँ, सचिव कुशल श्रेष्ठ, कोषाध्यक्ष सन्दिप पाण्डे, सहकोषाध्यक्ष गोपाल कोइराला रहनु भएको छ भने कार्यसमिति सदस्यहरुमा गोमा लिम्बु, जुनु सुब्बा , इश्वर पौडेल, चण्डेश्वर श्रेष्ठ, यादब सुवेदी, दिपेन्द्र यादब, खेम प्रसाद घिमिरे,, शम्भु पौडेल, दिपक पोख्रेल रहनु भएको छ ।

त्यसैगरी अधिवेशनले ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समिति संयोजकमा ध्रुब कुमार श्रेष्ठ तथा सदस्यहरुमा राजु थापा र उमादेवी राइ रहनु भएको छ । मन्त्री बद्री प्रसाद पाण्डेले समुद्‍घाटन गर्नु भएको उक्त अधिवेशन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पर्यटनवीद, समाजसेवी एवं लेखक कर्ण शाक्य , नेपाल पर्यटन बोर्डका उपाध्यक्ष्य राम प्रसाद सापकोटा ,होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ,होटल सघ नेपालका कोषाध्यक्ष युबराज श्रेष्ठ ,विशेष अतिथिहरुमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी सघ काठमाण्डौका अध्यक्ष सुरेश बराल, प्रहरी बृत्त गौशालाका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, रहनु भएको थियो । त्यसैगरी यस सघका निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहकार ऋषि कुमार चौलागाइ, सस्थापक अध्यक्ष ज्ञानु गजमेर, पूर्व अध्यक्ष मोहन थेबेका साथै अन्य अतिथिहरुमा नेपाली होटल व्यवसायी सघका अध्यक्ष गणेश ढकाल, कलकीं होटल एसोसियसनका अध्यक्ष रमेश बराल, सुन्धारा होटल व्यवसायी सघका अध्यक्ष देबी प्रसाद कडेल, काठमाडौं होटल व्यवसायी सघका अध्यक्ष ध्रुब बहादुर कार्की, बालाजु होटल व्यवसायी सघका उपाध्यक्ष नरिश्वर गौतम, होटल व्यवसायी महासघ, बागमती प्रदेश, जिल्ला होटल व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरु, संघका पूर्व सल्लाहकारहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु, संचारकर्मी, सुरक्षाकर्मी विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् स्थानिय जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। अधिवेशन सफल पार्नका लागि संघमा आवद्ध करिब ४५० भन्दा बढी को सङ्ख्यामा व्यवसायीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा माननीय मन्त्री ज्यु ले नेपाल पर्यटनको दृष्टीकोणले अत्यन्त सम्भावना बोकेको देश भएको र यसलाइ अन्तराष्ट्रीय स्तरमा अझै पुर्याउन नसकिएको भन्दै पशुपतिनाथ, शान्तिका प्रतिक गौतम बुद्दको जन्मस्थल, सगरमाथा लगायतका धरोहरहरुलाई अझ प्रचार प्रसार गरी आन्तरिक एवम बाहय पर्यटन प्रबर्द्वन गर्नु पर्नेमा जोड दिनुहुँदै आफू आफ्नो ठाउँबाट भरपुर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। त्यसै गरी बरिष्ठ पर्यटनवीद लेखक समाजसेवी कर्ण शाक्यले नेपालको होटल तथा पर्यटन व्यवसायको बिगतको अबस्थादेखि अहिलेको अबस्था सम्मको आफ्नो बिशेषज्ञता र अनुभव साझा गर्नुभएको थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुके, होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल तथा इकाइहरुका तर्फबाट सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवी प्रसाद कँडेलले व्यबसायीका तमाम समस्या राज्यको निति नेपालमा पर्यटनको सम्भावना लगाएका बिषय मा आफ्ना आफ्ना धारणा राख्दै शुभकामना मन्तव्य दिनु भएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष सरमान लिम्बूको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संघका महासचिव प्रज्वल श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । उद्घाटन शत्रको समाप्ती पश्चात शुरु भएको अधिवेशनको बन्दसत्रले नयाँ कार्य समिति चयन गरेको हो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर