गर्मीका कारण जनजीवन प्रभावित। फायल तस्वीर

राजविराज । मधेश प्रदेशमा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। मधेश प्रदेशको सप्तरी,सिरहा,धनुषा,महोतरी,सर्लाही,रौटहट,बारा र पर्सा जिल्लामा अत्याधिक गर्मी बढेसँगै दैनिक जनवीवन कष्टकर बन्दै गएको स्थानीयहरुले बताएका छन ।
गर्मीका कारण मानिसहरु आफ्नो दैनिक कामकाज गर्न समेत घरबाट निस्कने अवस्था नरहेको सप्तरीको राजविराज नगरपालिका ८ का स्थानीय शिक्षक राजदेव यादव बताउँछन ।
विद्यालयहरुले बिदा दिने क्रम बढे्को छ भने वृद्धवृद्धा र बालबालिकालाई गर्मीका कारण समस्या हुने गरेको छ ।
वर्षाकै भरमा खेतिपाति गर्दै आएका किसानहरुले रोपाईन गर्न नसक्दा प्रदेशका करिब ६० प्रतिशत किसानले रोपाईन गर्न सकेका छैनन् ।
एकजना कषि विज्ञ भन्छन यसरी नै रहिरहयो भने मधेशमा मात्र नभई देशले नै खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आउन सक्ने बता्रएका छन ।
आसपासका क्षेत्रमा दिउँसो अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस माथि पुग्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवामा ३८ डिग्री, दिपायल, नेपालगन्ज र जनकपुरमा ३७ डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम पुग्ने अनुमान महाशाखाको छ। गर्मीका कारण धनगढीको जनजीवन कष्टकर बन्न थालेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर