सुनसरी,८ साउन । नियमित विधुत आपूर्तिको माँग गर्दै सुनसरीको भोक्राहामा स्थानीयले सडक अवरुद्ध गरेका छन ।
पूर्वपश्चिम लोकराजमार्गको भोक्राहा नरसिंह गाउँपालिका ५ भोक्राहा चौकमा स्थानीय यूवाहरुको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेका हुन ।
स्थानीयका अनुसार विगत केहि दिनदेखी विधुत प्राधिकरणले बिना सूचना पटक पटक विधुत काटने गरेकोले पढाई गर्ने विधार्थीले समयमा गृहकार्य गर्न नकेको दुखेसो पोख्नुभयो ।

त्यति मात्र होईन साना बालबालिका,वृद्धविद्धा प्रचण्ड गर्मीका कारण बिरामी परेको बताए । उनीहरुले नेपाल विधुत प्राधिकरणले ट्रान्सर्फमर फेर्नुपर्ने माँग समेत गरेका छन । अहिले ट्रानसर्फमरले लोड धान्न नसकिने भएकोले तत्काल ट्रन्सर्फमर परिवर्तन गरी नियमित विधुत आपूर्ति गर्ने प्रतिबद्धता जाहेर नगरे सम्म राजमार्ग अवरुद्ध नहटाउने बताएका छन ।









विहिवार बिहान ९ बजे देखि गरिएको राजमार्ग अवरुद्धका कारण पूर्व पश्चिम राजमार्गमा सयौ सवारी साधन रोकिएका छन । राजमार्ग खुलाउने पहल भैरहेको नेपाल प्रहरीका ईन्सपेक्टर ले जानकारी दिनुभयो ।






