सर्लाही, असार १० गते । गोडैता नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुजित महतोले
गोडैता नगरपालिका भित्र चाकरीबाजको हालिमुहालि रहेको बताएका छन् ।

नगरपालिकाको ११ औं नगर सभामा बोल्दै वडा अध्यक्ष महतोले भने, काम गर्ने इमानदार जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पन्छ्याएर सत्ताको वरिपरि घुम्ने र चाकरी गर्नेहरूलाई नै नगरपालिकाले प्राथमिकता दिने गरेको उनले बताए । “जो इमानदार भएर जनता र नगरको हितका लागि काम गर्छन्, उनीहरूको स्थान चाकरीबाजहरूले लिने गरेका छन् । विकासभन्दा धेरै महत्व अहिले चाप्लुसीले पाएको छ ।” उनले नगर प्रमुख देबेन्द्र यादवलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह समेत गरेका हुन् ।

नगर प्रमुख देबेन्द्र यादवले भने उक्त आरोपलाई व्यक्तिगत गुनासोका रूपमा व्याख्या गरे । नगर प्रमुख यादवले भने, “हामी नीति र योजनाअनुसार काम गरिरहेका छौं । र कुनै पनि निर्णय पारदर्शी रूपमा हुने गरेको उनले बताए ।

नगरसभामा उपस्थित अन्य जनप्रतिनिधिहरूबीच वडा अध्यक्ष महतोको भनाइ चासोको विषय बनेको थियो । कतिपयले उनको अभिव्यक्तिलाई साहसी भन्दै समर्थन गरेका थिए ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर