सप्तरीमा एक मालबाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिकाको अर्नाहामा स.६ प.२२१ नम्बरको मोटरसाईकललाई ना.३ ख ४५३१ नम्बरको ट्रकल ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
अत्याधिक गतिका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाईकल चालकको पहिचान अझै हुन सकेको छैन । दुर्घटना भएको ट्रकको अगाडीको दुबै टायर सडक पेट्ीका निर्माण हुदै गरेका्े नालामा फसेर भाचिएको छ । मोटर साईकल चालक पनि ट्रकमुनि नै च्यापिएको अवस्थामा रहेको छ । अहिले नेपाल प्रहरी,ट्राफिक प्रहरीको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया अगाडी बढाएका छन ।
ट्रकमुनि मान्छे नै फसेकोले जेसिबी मगाएर ट्रकलाई हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर