सर्लाही, जेठ ३० गते । स्वास्थ्य कार्यालय सर्लाही मलंगवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले लेखापाल हाजिर गराउनुपर्ने संवेदनशील समयमा कार्यालय छाडेर सम्पर्कबिहिन भएका छन् ।

मधेस प्रदेश अर्थ मन्त्रालयबाट सरुवा भएर आएका लेखापाल ज्ञानेन्द्र कुमार यादव बिहीबार कार्यालय पुगेका थिए । मन्त्रालयको औपचारिक पत्र लिएर प्रमुखको कार्यकक्षमा पुगेका यादवलाई हाजिर गराउने प्रक्रिया सुरु नहुँदै डा. झा कार्यकक्ष छाडेर बाहिरिए । उनले टेबलमै चस्मा र साँचो छोडेर हिँडेका थिए । भने मोबाइलसमेत स्विच अफ गरेका छन् ।

कार्यालय प्रमुख सम्पर्कबिहिन बनेपछि वरिष्ठता अनुसार दोस्रो स्थानमा रहेका तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराएका छन् । यसअघि सो कार्यालयमा लेखाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर