१. सरकार निर्मम हुन जरुरी छः सांसद कोईराला
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकार निर्मम हुन जरुरी रहेको बताउनुभएको छ । रोल…
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बाधेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै नहुने भन्दै व्यवहारमा देखिनुपर्ने बताउनु भयो । उहाँले प्रतिशोधको भावना लिएर नहुने भन्दै सांसद कोईरालाले कसैलाई मुद्दा लगाउने र कसैलाई छोड्ने भन्ने नहुने बताउनु भयो । सुशासन ल्याउन कसले रोकेको छ भन्दै प्रश्न गर्नुभयो । भ्रष्टाचार निर्मुल र दण्डहिनता अन्त्य गर्नुपर्ने बताउनु भयो । देशमा दण्डहिनता पराकाष्ठा भइसकेको बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर मात्रै हुँदैन । त्यो देखिनुप¥यो । प्रतिशोधको भावना लिएर हुँदैन । कसैलाई गर्ने, कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना भइरहेको देखिरहेको छु । कुशासन इन्प्रुभ गर्न सकिँदैन ? सुशासन बनाउन सकिँदैन, कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन, कसले रोकेको छ ? गर्न सकिन्छ, हामी सक्छौँ भन्ने आँट तपाईं हामीमा छ । मलाई छ । भ्रष्टाचार निर्मुल गर्नुपर्छ, दण्डहिनता अन्त्य गर्नुपर्छ । दण्डहिनता पराकाष्ठा भइसकेको छ यो देशमा । त्यसको अन्त्य गर्नुपर्छ । सुशासन दिन सक्नुपर्छ । रोजगारी सिर्जना गर्न कोशिस गर्नुपर्छ । सकिँदैन भन्ने होइन, सकिन्छ ।’
बाइट…डा. शेखर कोईराला, सांसद, नेपाली काँग्रेस
सांसद कोईरालाले काम गर्नेतिर भन्दा अन्य कुरामा ध्यान केन्द्रित भइरहेको बताउनु भयो । रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

२. समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्यः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभउको छ । रोल…
कपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु सरकारको दायित्व भएको बताउनु भयो । विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय नभइ मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पु¥याउने प्रभावकारी प्रक्रिया भएको बताउनु भयो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।  विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिष्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुशीको विषय हो । विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पु¥याउने प्रभावकारी प्रक्रिया हो । राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’
बाइट…विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक श्रोत, साधन र सम्पदाहरु प्रचुर रुपमा उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधिन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

३. सत्ताको चाबी काँग्रेसले बोक्नुपर्छः शेखर कोईराला
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । रोल…
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गर्नुभयो । उहाँले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गर्नुभयो । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताउनु भयो । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली काँग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ । सरकार र सत्ता फरक कुराहरु हुन् । हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुप¥यो नि त । साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिष्पर्धी एमाले हो । उसले गलत  काम गरेको छ  भने गलतलाई गलत र सहीलाई सही भन्नसकौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले गलतलाई गलत भन्न सकेनन् भने ति कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन् ।’
बाइट…डा. शेखर कोईराला, सांसद, नेपाली काँग्रेस
सांसद कोईरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताउनु भयो । नेपाललाई नेपाल बनाउनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

४. शहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जति चलखेल, २ लाखसम्मका अयाोजना संघअन्तर्गत छन्ः वर्षमान पुन
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताउनुभएको छ । रोल…
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताउनुभएको हो । उहाँले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गर्नुभयो । शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो । मन्त्रालयको आगामी बजेट चालु वर्ष २०८१÷८२  को तुलनामा २७.७५ प्रतिशतले बढेको छ  । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बताउनु भयो । शहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने बताउनु भयो । उहाँले योजनाहरु आफूखुशी राखेको स्पष्ट देखिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस पटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ ।’
बाइट…वर्षमान पुन, उपमहासचिव, नेकपा (माओवादी केन्द्र)
बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताउनु भयो । उहाँले संविधान जारी भएपछि माहोवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताउनु भयो । नीति तथा कार्यक्रममाथि पनि पहिलो पटक आफ्ना धारणा राखेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल

५. लाओसमा नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास शुरु
एशियन च्याम्पियन्सीप अन्तर्गत लाओसविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसमा अभ्यास शुरु गरेको छ । रोल…
शुक्रवार राती लाओसको राजधानी भियन्तियनमा आइपुगेको नेपाली टोलीले आजबाट अभ्यास गरेको हो । अभ्यासका क्रममा टोलीका कप्तान किरण चेम्जोङगले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास शुरु गरेको जानकारी दिनुभयो । हङकङ्गसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पिन्सीपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बन्नाले फाइदा पुग्ने उहाँको भनाई छ । यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने बताउनुभएको छ । कप्तान चेम्जोङले खेलाडीमा भएका थकान मेटाउँदै अभ्यासबाट उर्जासहित घरेलु टोली लाओससंग प्रतिष्पर्धा गर्ने उल्लेख गर्नुभयो । बलियो टोली हङकङ्गसँग खेल्दा नेपाललाई फाइदा पुगेको उहाँको भनाई छ ।
बाइट…किरण चेम्जोङ,कप्तान, नेपाली राष्ट्रिय फुटबल टोली
मैदानमा करिव २ घण्टा अभ्यास गरेको खेलाडीहरुलाई प्रशिक्षक म्याट रसले मानसिक र शारिरीक रुपमा तयार रहन आग्रह गर्नुभएको थियो । सोही क्रममा खेलाडीहरुले चर्को घाम र गर्मीसँगै अभ्यास गरेका थिए । नेपाली टोलीले जेठ २७ गते मंगलवार घरेलु टोली लाओससँग प्रतिष्पर्धा गर्दैछ । लाओससँग पछिल्लो ६ खेलमा नेपाली टोलीले ४ मा जित हात पारेको छ भने  २ खेलमा बराबरीमा रोकिएको छ । यससँगै लाओसको मैदानमा नेपाली टोलीले दुई खेलमा १ मा जित र १ मा बराबरी गरेको छ । —न्युज एजेन्सी नेपाल

६. पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गर्नुभएको छ । रोल…
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने बतउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘अहिले त ठिकै छ, अधिवेशन हुन्छ, कहिले हुन्छ थाहा छैन । नेपाली काँग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ । केले रोक्यो यस पटक ? किन रोकिँदैछ ? यसको जवाफ पदाधिकारीले दिने की नदिने भन्ने हाम्रो प्रश्न छ । यो ठूलो प्रश्न छ । केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली काँग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन ? मंसिरमा हुनुपर्ने हो नि । ४ वर्षमा हुन सकेन भने ता पनि भनेर एउटा वाक्यमा भनिदिएको छ एक वर्ष थप्न सक्ने । तपाईंहरुले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त । समयमा अधिवेशन हुनुपर्छ । त्यो समय भनेको ४ वर्ष हो । सधैँ नेपाली काँग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली काँग्रेसको भविष्य कमजोर हुन्छ । अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छाँै ? सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेर ? लार्जेस्ट पार्टी भइसकेपछि ढाइ वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ । नेताहरुलाई जबसम्म कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरु दास हुन्छन् । तपाईंहरु कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् । ’
बाइट…डा. शेखर कोईराला, सांसद, नेपाली काँग्रेस
सांसद कोईरालाले नेपाली काँग्रेस कमजोर नरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

७. बदलाको भावनाले म माथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतिको सामना गर्छुः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभएको छ । रोल…
शनिवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताउनु भयो । उहाँले पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताउनु भयो । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनु भयो । आफूमाथिको चुनौतिको सामना गर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भुमिका महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भुमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन् । आतंकित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ । भ्रष्टाचारको केस । निर्णयको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु । जब कुनै कुत्सित मनशाय छैन, निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन । सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ । अन्यायको हार हुनुपर्छ । न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानूनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ । यो चुनौति आइलागेको छ, यो चुनौतिको सामना गर्ने हो । कोही मानिसहरु मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।’
बाइट…माधवकुमार नेपाल अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)
अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गर्नुभयो । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

८. खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्छः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । रोल…
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सिमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिको लागि पनि खेल क्षेत्रको भुमिका र महत्व बढ्दै गएको बताउनु भयो । राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीहरुको भविष्यप्रीत गम्भीर र सजग हुनुपर्ने बताउनु भयो । उहाँले खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको बताउनु भयो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको वर्षा भएको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको छ र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको एक किसिमले भन्ने हो भने वर्षा नै भएको छ । स्वर्ण पदकदेखि विभिन्न स्तरका पदकहरु नेपाली खेलाडीहरुले जित्दै गएका छन् । त्यसको मात्रा र गुण दुवैमा वृद्धि भएको छ । केही समय यता खेल क्षेत्रमा भएको प्रगतिप्रति पदाधिकारीलाई बधाई भन्न चाहन्छु । शारीरिक सुगठनको विधा अरु भन्दा च्यालेन्जिङ हो की भन्ने लाग्छ मलाई । खेल क्षेत्र आज विशुद्ध शारीरिक सुगठन वा शारीरिक स्वास्थ्यको कुरा मात्रै भएको छैन । सामाजिक सभ्यता र अनुशासनको पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा देशको पहिचान र प्रतिष्ठासँग जोडिएको विषय पनि र अहिले आर्थिक समृद्धिको निम्ति पनि खेल क्षेत्रको भुमिका र महत्व त्यति नै बढ्दै गएको छ । त्यसकारण हामीले सबैले यो क्षेत्रलाई अझ बढी महत्व दिनुपर्ने र सबैभन्दा बढी त राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था, अझ बढी व्यवस्थापन गर्ने र खेलाडीहरुको भविष्य खेल क्षेत्रमा लाग्ने सबैको भविष्यप्रति बढी संवेदनशिल र गम्भीर हुन जरुरी छ ।’
बाइट…पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
शारीरिक सुगठनको विधा अरु भन्दा च्यालेन्जिङ रहेको अध्यक्ष दाहालको भनाइ छ । –न्युज एजेन्सी नेपाल

९.आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत
सभामुख देवराज घिमिरेले आईतवारदेखि संसद सञ्चालनमा आउने संकेत गर्नुभएको छ । रोल…
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उहाँले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताउनु भयो । उहाँले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उहाँले संसदीय दलभित्रका नेताहरुले यसबारे सोच्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसद सञ्चालन गर्ने जिम्मेवारी सभामुखको जत्तिकै प्रतिपक्षी र सत्तापक्षको पनि हुन्छ । सत्तापक्ष र प्रतिपक्षबीच गम्भिरतापूर्वक बहस नहुनु चिन्ताको विषय हो । सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीचको छलफलले परिणाम दिन्छ । आजको संसदमा हामी अत्यन्त जरुरी सूचनाहरु सुनाउनुपर्ने देखि लिएर विभिन्न काम कारबाहीहरु गर्नुपर्ने थियो । तथापि हामी संसद सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । निश्चय पनि शिर्ष तहका नेताहरुबीच छलफल भएपछि आईतवारको संसदको गतिरोध अन्त्य हुनेछ । फेरि अहिले संसदीय दलभित्रका नेताहरुले के सोच्नुपर्ने परिस्थिति छ भने यो व्यवस्थाकै विरुद्धमा जाने दलहरुले पनि खुच्चिङ भनिरहेका छन् । यस्तै हो भन्ने उनीहरुको भनाइ छ । अर्को भाषामा भन्ने हो भने प्रतिगामी शक्तिहरु सल्बलाइरहेको बेला छ । यस्तो बेलामा आएका समस्याहरुलाई समाधान गर्दै संसदलाई अझै प्रभावकारी पार्ने कुराहरुमा सत्ता प्रतिपक्ष मिलेर जाने कुराको महशुस गर्नुभएको छ । यस्ता कुरामा म उहाँहरुलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।’
प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानविन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो । —न्युज एजेन्सी नेपाल

१०. इरानका सर्वोच्च नेताद्वारा अमेरिकी प्रश्ताव खारेज
इरानका सर्वोच्च नेता अली खामेनीले कुनैपनि युरेनियम संवद्र्धनलाई निषेध गर्ने आणविक सम्झौताको लागि अमेरिकी प्रश्तावलाई अस्वीकार गर्नुभएको छ । युरेनियम संवर्धन तेहरानको आणविक कार्यक्रमको प्रमुख घटक भएको बताउनु भयो । उहाँले इस्लामिक गणतन्त्रका संस्थापक इमाम खोमेनीको निधनको ३६ औं वार्षिकोत्सवको सम्झनामा तेहरानमा आयोजित एक समारोहमा उक्त टिप्पणी गर्नुभयो । युरेनियम संवद्र्धन बिना आणविक उद्योग बेकार रहेको खामेनीले बताउनु भयो । खामेनीले संयुक्त राज्य अमेरिकाको मुख्य माग इरानले आफ्नो आणविक उद्योगलाई पूर्ण रूपमा त्याग्नु र रेडियोफार्मास्युटिकल्स आणविक ऊर्जा र अन्य सम्बन्धित आवश्यकताहरूको लागि अमेरिकामा भर पर्नु रहेको बताउनु भयो । इरानका नेताले देशले पूर्ण आणविक इन्धन चक्र विकास गर्न सफल भएको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार समाचार सामग्री ।

११. जोर्डन पहिलो पटक २०२६ फिफा विश्वकपको लागि छनोट
जोर्डनले पछिल्लो चरणको छनोट पछि २०२६ फिफा विश्वकपको टिकट पक्का गरेको छ । समूह बी मा, जोर्डनले ओमानलाई ३–० ले हराएर पहिलो पटक विश्वकपको लागि छनोट भएर इतिहास रचेको छ । जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसहरू सडकमा झण्डा फहराउँदै राष्ट्रिय गीत गाउँदै र विजयको उत्सव मनाउँदै नाच्दै खुशी मनाएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार समाचार सामग्री ।

१२. ट्रम्प—मस्कबीच आर्थिक नीति र खर्च विधेयकमा एक अर्काको आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कले ट्रम्प प्रशासनको व्यापक कर–कटौती र खर्च विधेयकलाई लिएर एकअर्काविरुद्ध तिखो टिप्पणी गरेका छन् । मस्कले प्रशासन छोडेको एक हप्तापछि यस्तो टिप्पणी आएको हो । यो कर–कटौती र खर्च विधेयकलाई सुन्दर विधेयकका रुपमा  ट्रम्प प्रशासनले लिँदै आएको छ । यो विधेयक ट्रम्पको मुख्य एजेन्डाको हिस्सा हो । यसमा विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने, सीमा सुरक्षामा लगानी वृद्धि गर्ने र कर्पोरेट तथा व्यक्तिगत कर दरहरू घटाउने जस्ता आर्थिक उपायहरू समावेश छन् । मस्कले यो विधेयकको कडा आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यो विधेयकलाई घिनलाग्दो पोर्कको पहाडका रुपमा टिप्पणी गरेक ।
ट्रम्पले मस्कको असन्तुष्टिको कारण विधेयकले विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने प्रस्ताव रहेको बताए । जसले विद्युतीय सवारी साधन निर्माता टेस्लाका सीईओको रूपमा मस्कको हितलाई असर गरेको थियो ।
बाइट…डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
ट्रम्पले मस्कलाई पागल भएको टिप्पणी गरे । ट्रम्पको मस्कप्रति आलोचनापछि टेस्लाको शेयर मूल्य १५ प्रतिशतभन्दा बढीले घट्यो । यो वर्षको हिसावले । टेस्लाको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटिसकेको छ । मस्क एक समय ट्रम्पका कट्टर समर्थक थिए । जसले २०२४ मा ट्रम्पको अभियानलाई समर्थन गर्न करिव ३०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार समाचार सामग्री ।

१३. रूस–युक्रेन द्वन्द्व लामो समयसम्म रहनु राम्रो हुनसक्छः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मर्जको रूसमाथि थप अमेरिकी दबाबको आह्वानको बावजुद रूस र युक्रेनलाई केही समयसम्म लड्न दिनु राम्रो हुनसक्ने टिप्पणी गर्नुभएको छ । ह्वाइट हाउसमा मर्जसँगको भेटमा ट्रम्पले दुवै पक्षबीचको खराब सम्बन्ध र घृणाले चाँडै युद्धविराम गर्न गाह्रो बनाउने बताउनु भयो । जुन उहाँको आफ्नो पहिलेको दाबीबाट फरक छ । उहाँले द्वन्द्व चाँडै समाप्त हुने बताउनुभएको थियो ।
बायट… डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
रूसमाथि नयाँ प्रतिबन्धहरूबारे ट्रम्पले तत्काल केही हुने सम्भावना नरहेको बताउनु भयो । तरे रूस र युक्रेन दुवैमाथि प्रतिवन्ध लगाउन सक्ने संकेत गर्नुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार समाचार सामग्री ।

१४. अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकास असन्तुलित भयोः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरुका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताउनुभएको छ । रोल…
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गर्नुभएको हो । उहाँले राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिलेपनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पार्नुभयो । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी गर्नुभयो । महासचिव पोखरेलले अहिले समाजमा गणतन्त्रभन्दा पञ्चायत नै ठीक भन्दै पूर्वपञ्चहरु र राजावादीहरुले आर्थिक, सामाजिक र विकासमा राजनीतिक दल र तिनका नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै जनताका बीचमा भ्रमपूर्ण प्रचारहरु गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले एक प्रकारको सामाजिक रुपमा धारणा छ । नेपालका राजनीतिक दलहरु र तीनको नेतृत्व आर्थिक, सामाजिक र विकासका प्रश्नमा चाहीँ प्रभावकारी भएनन् । अझ पूर्वपञ्चहरु र राजावादीहरु त भन्न थालेका छन्, लोकतन्त्रले के दियो ? गणतन्त्रले के दियो ? बरु पञ्चायत नै ठीक थियो भन्ने अर्थमा जनताका बीचमा भ्रमपूर्ण प्रचारहरु गरिरहेको अवस्था छ । पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने त मुलुकले उल्लेखनीय प्रगति गरेको छ । यसमा प्रश्न नउठ्नुपर्ने जस्तो लाग्छ । पञ्चायतको अन्तिम समयमा नेपालको आर्थिक, सामाजिक सूचकहरु के थिए भन्ने कुरालाई आधार बनाएर विश्लेषण गर्ने हो भने नेपालमा निकै ठूलो परिवर्तन भएको छ । तर विश्व अर्थ व्यवस्थामा भएको परिवर्तनअनुसार नेपालको अर्थतन्त्रको विकास भएको छ कि छैन भन्ने कोणबाट हेर्ने हो भने त्यसअनुसार हुन सकेको छैन । त्यसले गर्दा हामी विश्व अर्थ व्यवस्था र मानवीय आवश्यकताका परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति जुन रुपमा अघि बढ्नुपथ्र्यो त्यस रुपमा बढ्न सकेको छैन । विश्व अर्थव्यवस्था र नेपालको जनताको आवश्यकताको परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति बढाउने कुरा चुनौतिका रुपमा छ । त्यसमाथि कोडिभ पछाडि प्राय मुलुकहरुको अर्थव्यवस्था ऋणात्मक भयो त्यसैगरी हाम्रो पनि अवस्था त्यही भयो । तर, त्यतिबेला विश्व अर्थव्यवस्थामा जुन प्रकारको नकारात्मक प्रभाव प¥यो त्यसको तुलनामा हाम्रो अर्थव्यवस्थामा नकारात्मक प्रभाव कम परेको हो । त्यसपछि नेपालमा राजनीति यति धेरै अन्तरसंघर्षपूर्ण, उतारचढावपूर्ण र द्वन्दबाट गुज्रियो अनि नेपालको अर्थव्यवस्था एक प्रकारले मन्दीको तहमा प्रवेश ग¥यो । मन्दीको अवस्थामा पुगेको अर्थव्यवस्थाको सबैभन्दा ठूलो मार राज्यको ट्रेजरीमा प¥यो । राज्यको ट्रेजरीमा परिसकेपछि राज्यले दिने सेवा सुविधा र विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्नगयो । नेपालको अर्थ व्यवस्थाको मन्दीको ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त आदि इत्यादिमा त्यसको प्रत्यक्ष असर देखियो र आज हामी यसो हेर्दा घरजग्गा कारोबारमा परेको असर सबैभन्दा बढी कहाँ परेको छ भन्दा निर्माण उद्योगमा परेको छ । नेपाल सरकारका थुप्रै आयोजनाहरुका जिम्मा लिएका ठेकेदारहरुले काम नगरिकन हाम्रा आयोजनाहरु रुग्ण अवस्थामा छन् । अर्थात्, हामी कस्ता भयौं भन्दा एकप्रकारले राज्यको अर्थ व्यवस्थालाई परिचालन कुराका सन्दर्भमा बैधानिक तरिकाबाट आर्थिक क्रियाकलापहरु सञ्चालन गर्न सकिरहेकै छैनौं । हाम्रो राज्यका नीतिहरुका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र वलशाली भएर गएको छ । अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ । राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरु रहँदै आए । अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन ।’
बाइट… शंकर पोखरेल, महासचिव, नेकपा एमाले
उहाँले पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरुलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल
नोटः यो कार्यक्रम शुक्रवार अबेर सकिएकाले आजमात्रै समाचार बनाइ पठाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सकनुहुनेछ ।

१५. खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरु वैज्ञानिक विधिबाट भइरहेका छन्ः मन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताउनुभएको छ । रोल…
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताउनुभएको हो । उहाँले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिनुभयो । मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताउनु भयो । कार्यक्रममा मन्त्री अधिकारीले छ दशकपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदबाट पारित भई गत साउनदेखि कार्यान्वयनमा आएको मन्त्री अधिकारीको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघले यस वर्ष तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने जुन उद्देश्य बोकेर नागरिकहरुका माझमा अन्तर्राष्ट्रिय रुपमा आएको छ यसलाई हामीले मनाउनेमात्र होइन व्यवहारमा कुन ढंगबाट लागु गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । यसका लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन निरीक्षण तथा जाँच परीक्षणका कार्यहरु वैज्ञानिक विधिहरुको अबलम्बन गर्दै आइरहेको छ । हामीले यी कुरा भनिरहँदा बजारमा किन अखाद्य वस्तु विक्री हुन्छ त भन्ने प्रश्न पनि हामीसँग त्यत्तिकै आइरहेको छ । सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ नियमन गर्न हरेक आर्थिक वर्षमा बजेट र कार्यक्रमको व्यवस्था गरेको हुन्छ । चालु आबमा हामीले मोबाइल ल्याब, भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन द स्पट जाँच परीक्षण गरिरहेका छौं । यसले उपभोक्तामा सकारात्मक सन्देश दिनुको साथै नियमन कार्यमा थप प्रभावकारीता देखिएको छ । मानिसले दैनिक खाने खाना सुरक्षित गराउनका लागि स्पष्ट दिशा निर्देश होस् भन्ने उद्देश्यले सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगिसकेको छ । सो नीतिले परिकल्पना गरेको खाद्य स्वच्छता परिषद्को लागि हामीले गृहकार्य अगाडि बढाइरहेका छौं । नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने कानूनका लागि करिव छ दशक पश्चात खाद्य ऐन २०२३ लाई परिमार्जन गरि २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदले पास गरेर गत साउनदेखि कार्यान्वयनको चरणमा आएका छौं । ऐनले समय सापेक्ष वैज्ञानिक पद्धतिको आधारमा खाद्य श्रृंखलाका प्रत्येक चरणहरुमा खाद्य स्वच्छता तथा गुणस्तरीयताको सुनिश्चितताका साथै खाद्य उद्योगलाई व्यापारमा सहजीकरण गर्ने उद्देश्य लिएको छ ।’
बाइट… रामनाथ अधिकारी, मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
उहाँले संयुक्त राष्ट्रसंघले यसवर्षका लागि तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल

१६. सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेनः मुख्यमन्त्री लामा
वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ । रोल…
काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरु कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताउनुभएको हो । उहाँले संख्या तोकेरै तालिम दिइयो भने पनि सिष्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पार्नुभयो । सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरुलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरु कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री लामाले सिष्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभएपनि तालिम लिएकाहरु पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला पहिला मन्त्रालय÷मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरु त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन । जुन अहिले सिटिइभीटीको अवधारणा प्रमाणपत्र पनि दिने, उसले तालिम दिएका मानिसहरु कहाँ कहाँ छन् भनेर डाटा राख्नुप¥यो । तर मैले यति जनालाई सीप तालिम दिएँ भनेर भनिएको छ तर त्यो मानिस कहाँ छन् भनेर मैले मागिरहेको छु ।  यसले गर्दा तालिम दिइसकेपछि तालिम प्राप्त गर्नेहरु कहाँ कहाँ छन् भनेर थाहा पाउन डाटा राख्नुप¥यो । यहाँबाट सीप सिकेको भनेर तालिम लिनेहरुपनि उत्तरदायि बन्नुपर्छ । भ्रष्टाचार भयो भनेर धेरै समाचारहरु आउँछन् तर नियन्त्रण विधि भने कसैले भन्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने विधि भनेको पर्सनल डाटा राख्ने गर्नुपर्छ । जस्तो कि तपाईको पुलिस रिकर्ड, तपाईले गरेको व्यवसायको नाफालगायतलाई सिष्टममा डाटा राख्ने कार्य गर्नुपर्छ । राज्य र सरकारले थाहा पाउनेगरी डाटा सिष्टम बनाउने हो भने भ्रष्टाचारपनि नियन्त्रण गर्न सकिन्छ ।’
बाइट… बहादुर सिंह लामा, मुख्यमन्त्री, वागमती प्रदेश
उहाँले राज्य र सरकारलाई जानकारी हुनेगरी व्यक्तिगत डाटा सिष्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दावी गर्नुभयो । —न्युज एजेन्सी नेपाल

१७. हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुग्नुभएको छ ।

हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुग्नुभएको हो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाई छ । —न्युज एजेन्सी नेपाल

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर