sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको कुनै हैसियत नभएको बताउनुभएको छ ।
योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इक्षाशक्ति नरहेको बताउनु भयो । गफ हाँक्ने बाहेक सरकारले कुनै काम गर्न नसकेको बताउनु भयो । उहाँले आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौं कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको जिकिर गर्नुभयो । एमालेको अहिले देश, दुनियाँमै बेइज्जत भएको उहाँको आरोप छ ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘यो सरकारको त केही हैसियतै छैन । यसको कुनै हैसियत नै छैन । यसको इक्षाशक्ति पनि छैन । हैसियत पनि छैन । गफ हाँक्ने बाहेक केही छैन । उनीहरुले गफ गरे । हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखयौँ । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजैमर्नु । गफ गरे काठमाडौं कब्जाको । तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन । यो जिम्मेवारी लिने हामीले नै हो ।’

अध्यक्ष दाहालले जनतालाई सही कुराको प्रचार गर्न स्वयंसेवक खटाउनुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर