राजविराज, १६ जेठ ।
चलचित्र तथा लोक सञ्चार प्रबर्द्धन बोर्ड मधेश प्रदेशको अध्यक्षमा किशोर कुमार लेखी नियुक्त भएका छन् । सपकोशी नगरपालिका ४ गंगाजलीका अध्यक्ष लेखीले शुक्रबार औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।
थारु भाषा संस्कृति संरक्षण संघ नेपालका महासचिव समेत रहेका लेखीलाई मधेस प्रदेश गृह सञ्चार तथा कानून मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको हो ।
लेखी एकदशक भन्दा पहिले देखि गीत संगीत र कलाकारिताको माध्यमबाट थारु भाषा संस्कृति संरक्षणका लागि सक्रिय रहदै आएका थिए ।






