इजरायली सेनाले दक्षिणी लेबनानमा ड्रोन आक्रमणमा हिज्बुल्लाहको एलिट रडवान फोर्सका एक लडाकूलाई मारेको बताएको छ । आईडीएफ (इजरायल रक्षा बल) ले दक्षिणी लेबनानको रब एल थालाथिन क्षेत्रमा हिज्बुल्लाह रडवान फोर्सका एक आतंककारीलाई आक्रमण गरी मारेको बताएको छ । इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बेका क्षेत्रमा हवाई आक्रमण गरेका छन्  । सेनाका अनुसार उक्त स्थानमा रकेट लन्चर र हतियारहरू थिए र हिज्बुल्लाह लडाकू गतिविधि पहिचान गरिएको थियो ।
नोभेम्बर २०२४ मा हिजबुल्लाहसँग १४ महिनादेखि चलिरहेको सीमापार लडाइँको अन्त्य भएको युद्धविरामको बाबजुद पनि इजरायलले दैनिक रूपमा गर्दै आएको आक्रमणमध्ये यो पछिल्लो आक्रमण हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले  तयार पारेको समाचार सामग्री । 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर