राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।

शुक्रवार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका र्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पारित भएको हो । समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको बताउनु भयो । उहाँले धेरै समय पछाडी उक्त महत्वपूर्ण विधेयक पारित पर्न सफल भएको जिकिर गर्नुभयो । उहाँले विधेयक पारित गर्न महत्वपूर्ण सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, “संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ । सबैलाई धेरैधेरै धन्यवाद छ । यो धेरै महत्वपूर्ण विधेयक थियो हामीले धेरै समय पछी पारित गर्न सफल भएका छौं ।” 

विधेयकमा कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पु¥याइएको छ । अर्को सूचना जारी नहुन्जेल समितिको बैठक स्थगित भएको छ । – न्युज एजेन्सी नेपाल

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर