काठमाण्डौं,१ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार राति) बैतडी, दार्चुला, चितवन, पाल्पा, कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, धादिङ, मकवानपुर, रौतहट, सर्लाही, धनुषा आसपास पानी पर्ने बादल रहेको र मेघगर्जन, चट्याङसहितको पानी परिरहेको छ।
महाशाखाले चेतावनी जारी गर्दै भनेको छ: उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले माथि उल्लिखित र आसपासका जिल्लामा समेत आवश्यक सतर्कता अपनाउनुहोला।







