काठमाण्डौं,१ जेठ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव ५ लाख ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले यादवलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर