काठमाडौँ । देशैभर विद्युत अवरुद्ध भएको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत प्रसारणमा समस्या भएको हो।

‘हामीले यो लाइनमा भारतबाट बिजुली ल्याउने काम गर्छौँ दिउँसो,’ उनले नेपालखबरसँग भने, ‘उताबाट बिजुली नआउँदा हाम्रो यताको बिजुली त्यो लाइनमा सप्लाइ हुने हो। तर अहिले बिजुली सप्लाइ नै लिइरहेको छैन। त्यही भएर सबैतिर बिजुली गएको हो।’

समस्याको पहिचान गरेर पावर बढाउने काम भइरहेको उनको भनाइ छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर