काशी सुमेरु पिठाधिश्वर शंकराचार्य

काठमाण्डौं,१ जेठ । भारतको उध्र्वाम्नाय काशी सुमेरु पीठाधीस्वर जगतगुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी  नरेन्द्रानन्द सरस्वती जी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिर दर्शन र पूजा आराधना गर्नुभएको छ ।

नेपालका धार्मिक स्थलहरूको भ्रमणको क्रममा शंकराचार्यले  बिहीबार कामाख्या मन्दिर दर्शन गर्नुभएको हो ।

मन्दिर  दर्शनपछि शंकराचार्यले कामाख्या देवीको दर्शनले जीवनमा शक्ति आर्जन हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वास रहेको बताउनु भयो ।

कामाख्या देवीको उपासनाले मनोकामना पूरा हुने शंकराचार्यको भनाई थियो ।  शंकराचार्यले बसन्तपुर निकै  सुन्दर  स्वच्छ, शान्त  र शितल ठाउँ भएको उल्लेख गर्दै हिन्दु धर्मावलम्बीहरू एक पटक पुग्नै पर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर