प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म ५ वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताउनु भयो । उहाँले डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने ? डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? भन्ने कामहरु ६९ वर्ष पहिला टंकप्रसाद आचार्यले गर्नुभएको स्मरण गर्नुभयो ।

देशमा अस्थिरता सिर्जना गर्नेहरुको नाम भन्दा ठूलो विपद् आउने डर रहने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने ? डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? ति कामहरु टंकप्रसाद आचार्यले गर्नुभयो । त्यस यता यि ६९ वर्षमा कति वटा सरकार फेरिए होला, कति वटा प्लानिङ कमिसन फेरिए होला ? ५ वर्ष कहिल्यै कसैले नपु¥याएको देश हो यो । पाँच वर्षका लागि काम गर्दै जाँदा कहीँ सकेन पछार्न भने अदालतमा लगेर पछार्छ । त्यहाँ लगेपछि त जवाफ नै दिन नपाउने । नो एन्सर । अब तँलाई पछार्ने भनेपछि हस हजुर । यो अस्थिर देशमा कति वटा प्लानिङ कमिसन भए होलान् । कहाँबाट इन्स्टेबिलिटी सिर्जना गरिन्छ, को हो इन्स्टेबिलिटी सिर्जना गर्ने ? को छ पछाडि ? देख्न बुझ्न गाह्रो । देख्यो, बुझ्यो भने भन्न गाह्रो । झन ठूलो विपद् आइपर्ला भन्ने डर ।’
प्रधानमन्त्री ओलीले स्थिर सरकार भएमात्रै योजनावद्ध रुपमा विकास गर्न सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल






