काठमाण्डौं । शिक्षक महासंघसँग सहमति गरेसँगै १७ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुका मागलाई सम्बोधन गर्न विभिन्न निर्णयहरु गरेको छ।
१७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरिएको हो।

यसअनुसार शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी विदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्नेलगायत ९ बुँदै निर्णय गरेको छ।
के के निर्णय भए?








