लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका एक अधिकृतले सवारी चालकलाई कुटपिट गरेको घटना बाहिरिएको छ ।
कुटपिटमा स्टोर शाखा प्रमुख तारा शर्मा पनि संलग्न रहेको चालक गुरुङले उल्लेख गरेका छन् ।

चालक गुरुङले आफूलाई कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै मन्त्री देवकरण कलवारलाई पत्र लेखेका छन् । ‘तेरो सरुवा गरिदिन्छु, जागिर खाइदिन्छ’ भन्दै अभद्र व्यवहार गरेकाले उक्त घटनाको छानबिन गरी आवश्यक कारबाही गरी आफूलाई न्याय दिन उनले निवेदनमा आग्रह गरेका छन् ।
‘म डिभिजन वन कार्यालय बाँकेका कार्यरत हुँ, चौमासिक समीक्षा गोष्ठीमा सहभागी हुन कार्यालय प्रमुख शंकरप्रसाद गुप्तालाई लिएर चार दिने कार्यक्रमको लागि दाङ आएका हुँ । साँझ दारु खानुभएको रहेछ । कुनै कुरा बिनै मलाई अभद्र व्यवहार गर्दै हान्नुभयो । मेरो अनुहारमा चोट लागेको छ । आवश्यक कारबाहीका लागि मुख्यमन्त्री र विभागीय मन्त्रीलाई पनि निवेदन दिएको छु,’ गुरुङले लोकान्तरसँग भने ।
मन्त्री कलवारले दुवै पक्षलाई राखेर छलफल गराउने बताए । ‘घटना के भएको हो?, के कसरी भयो भन्ने दुवै पक्षका कुरा सुन्नपर्ने छ । दुवै पक्षलाई राखेर कुरा गराउँछु । अनि आवश्यक प्रक्रिया अघि बढ्छ,’ मन्त्री कलवारले भने ।
गल्ती गर्नेलाई कारबाही हुने उनको भनाइ छ ।
उता अधिकृत खत्रीलाई पटक-पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।






