
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ ।
केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।

घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य,भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।