
राजबिराज,१२ बैशाख। कोशी टेलिभिजन राजविराजले कार्य कौशलताको आधारमा टेलिभिजनमा आवद्ध १२ जनालाई सम्मान गरेको छ ।
मधेश प्रिमियर लिगको सफतापूर्वक प्रत्यक्ष प्रशारण गरेको भन्दै प्राविधिक, प्रशासनिक लगायत लाईभ टेलिकाष्ट कार्यमा प्रत्यक्ष आवद्ध आफ्ना १२ जना सदस्य टोलीलाई सम्मान गरेको हो ।

शुक्रवार टेलिभिजनको राजविराजस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टेलिभिजनका कार्यकारी निर्देशक नविन नरसिंह नेपालीले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको आईटी विभाग कन्सलटेन्ट उमेश कुमार यादवले जानकारी दिनुभयो ।
विभिन्न प्राविधिक समस्याका बाबजुद पनि लाईभ सदस्य टोलीले गरेको कार्यको टेलिभिजनका कार्यकारी निर्देशक नेपालीले मुक्तकण्ठले प्रशंसा गरेको स्टेशन कोर्डिनेटर अजय कुमार मण्डल(आदित्य)ले बताए ।
सम्मानित हुनेहरुमा आईटी विभाग कन्सलटेन्ट उमेश कुमार यादव, स्टेशन कोर्डिनेटर अजय कुमार मण्डल(आदित्य), सम्वाददाता प्रकाश मण्डल, टेक्निकल विभागका कामेश्वर परदेशी, क्यामरा पर्सन संतोष कुमार माझी, एमसीआरका गणेश अर्याल, क्यामरा पर्सन रिकेश आर्चाय, हिमाल बुढाथोकी र यकिन थापा मगर रहेका छन ।